भारत निकासी हुने मुख्य वस्तुको व्यापारमा गिरावट आएसँगै नेपालको निर्यात व्यापार ओरालो लागेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा अघिल्लो आवको पहिलो दुई महिनाको तुलनामा सवा १५ अर्बले निर्यात घटेको छ ।यससँगै कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.२८ प्रतिशत रहेकोमा चालू वर्षको भदौसम्ममा ९.४९ प्रतिशतमा सीमित भएको छ । […]