काठमाडौं : सरकारले निर्यात प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ। आर्थिक वर्ष ०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल ४ प्रतिशतले ह्रास आएको छ। गत आवमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कूल पैठारीमा १६ दशमवल १ प्रतिशतले ह्रास आएको जानकारी दिए। गत आवमा १६ खर्ब ११ अर्ब रुपैयाँ बर