युद्ध जित्न रुसलाई एक लाख सेना पठाउने उत्तर कोरियाको प्रस्ताव

रुसी सरकारी मिडियाका अनुसार उत्तर कोरियाले युक्रेनमा आक्रमण गर्ने रुसको सम्भावनालाई बलियो बनाउन एक लाख 'स्वयंसेवी' सेना सहयोग गर्ने प्रस्ताव गरेको छ । 'एक लाख उत्तर कोरियाली स्वयंसेवकहरू आउन र द्वन्द्वमा भाग लिन तयार भएको रिपोर्टहरु आएका छन्,' रूसी रक्षा विश्लेषक इगोर कोरोचेन्कोले रूसी च्यानल वनलाई भनेको न्यु योर्क पोस्टले रिपोर्ट गरेको छ ।

सम्बन्धित सामग्री

भारतीय तेल प्रशोधन कम्पनीद्वारा रुसलाई युआनमा भुक्तानी

काठमाडौं । भारतका तेल प्रशोधन कम्पनीहरूले रुससँग किनेको कच्चा तेलको भुक्तानी चिनियाँ युआनमा गर्न लागेका छन् ।  रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै हालै यसबारे समाचार छापेको छ । मस्कोमाथि पश्चिमी देशहरूले प्रतिबन्ध कसिलो बनाएको समयमा रुसमा तेल ग्राहकहरू भुक्तानीमा डलरको विकल्प खोज्न बाध्य भइरहेको बेलामा भारतले पनि युआन चलाएको हो ।  गएको वर्षको शुरुमा युक्रेनमाथि आक्रमण गरेयता रुसको मुख्य निर्यात वस्तु तेलको व्यापार प्रवाह चौपट बनेको छ । पश्चिमी देशहरूले नकिनेको तेल उसले समुद्र मार्ग भएर भारी छूटमा भारत र चीनलाई बेच्न थाल्यो । जुनमा भारतको रुसी तेल खरीदले नयाँ उचाइ छोएको छ । बजार विश्लेषण कम्पनी केप्लरमा कच्चा तेल विश्लेषक भिक्टर काटोनाका अनुसार भारतले जुनमा दैनिक २२ लाख ब्यारेल रुसी कच्चा तेल किनेको छ । योसँगै रुसी तेल खरीद लगातार १० औं महीना पनि बढेको छ । जुनको रुसी तेल खरीद साउदी अरब र इराकको जोडेर हुन आउने भन्दा पनि धेरै छ । तर भारतको टाउको दुखाइ भने आफूमाथि प्रतिबन्ध नलाग्ने गरी रुसलाई कसरी केमा भुक्तानी गर्ने भन्ने छ । परम्परागत रूपमा विश्व व्यापारमा भुक्तानी माध्यमको रूपमा डलरकै प्रयोग हुँदै आएको छ । तर, युक्रेनी आक्रमण यता चिनियाँ युयानले रुसको वित्तीय प्रणालीमा डलरको विकल्प बनिरहेको छ । चीनले पनि रुससँग किनेको अधिकांश तेलको भुक्तानी युआनमै गरिरहेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) भारतमा सबैभन्दा धेरै रुसी तेल किन्ने कम्पनी हो । स्रोतहरूका अनुसार जुनमा पहिलो पटक आईओसी युआनमा भुक्तानी गरेको थियो । अन्य प्रशोधन कम्पनीहरूले भने अन्य मुद्रामा भुक्तानी गरिरहेका छन् । भारतीय तेल कम्पनीहरूले रुसलाई भुक्तानी गर्न यूएईको दिराम, रुसी रुबल र भारु समेतका विकल्पहरूबारे पनि विचार गरिरहेका छन् । रुसी कच्चा तेल पश्चिमी देशहरूले तोकेको मूल्य सीमा अर्थात् प्रतिब्यारेल ६० डलरमा किन्ने हो भने डलरबाहेकका यी मुद्रामा भुक्तानी गर्दा अन्तरराष्ट्रिय प्रतिबन्धले छुने छैन । भारतीय कम्पनीहरूले कति तेलको भुक्तानी युआनमा गरेको भन्ने स्पष्ट भएको छैन । रुसको भारी छूटका कारण भारतीय तेल आयातकर्ताहरूको ७ अर्ब डलरभन्दा बढीको रकम बचेको बताइएको छ । एजेन्सी

रुसमा आंशिक रूपमा सेना परिचालन गर्न राष्ट्रपति पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आंशिक रूपमा सेना परिचालन गर्न आदेश दिनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यो कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताउनुभएको छ। टेलिभिजन सम्बोधनका क्रममा पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर देख्न चाहेको आरोप समेत लगाउनुभयो । आक्रमणपछि रुसले कब्जा गरेका केही क्षेत्र युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिएसँगै पुटिनले सेना परिचालनको आदेश दिनुभएको हो । अहिले जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइएको छ। रुसमा झण्डै २० लाख जगेडा सेना रहेको अनुमान छ ।...

युद्ध जित्न रुसलाई एक लाख सेना पठाउने उत्तर कोरियाको प्रस्ताव

रुसी सरकारी मिडियाका अनुसार उत्तर कोरियाले युक्रेनमा आक्रमण गर्ने रुसको सम्भावनालाई बलियो बनाउन एक लाख 'स्वयंसेवी' सेना सहयोग गर्ने प्रस्ताव गरेको छ । 'एक लाख उत्तर कोरियाली स्वयंसेवकहरू आउन र द्वन्द्वमा भाग लिन तयार भएको रिपोर्टहरु आएका छन्,' रूसी रक्षा विश्लेषक इगोर कोरोचेन्कोले रूसी च्यानल वनलाई भनेको न्यु योर्क पोस्टले रिपोर्ट गरेको छ ।

उत्तर कोरिया युक्रेन युद्धका लागि रुसलाई एक लाख स्वयंसेवक दिन तयार !

मस्को । उत्तर कोरियाले रुसलाई युक्रेनविरुद्ध लड्नका लागि सहयोगस्वरूप एक लाख स्वयंसेवक उपलब्ध गराउने प्रस्ताव गरेको छ ।  न्युयोर्क पोस्टका अनुसार रुसी च्यानल वनमा प्रशारण हुने एउटा बहस कार्यक्रमका प्रस्तोता इगोर कोरोत्चेन्कोले एक लाख उत्तर कोरियाली स्वयंसेवक युक्रेनी युद्धमा भाग लिन तयार रहेको खबर प्राप्त भएको जनाएका छन् ।  युक्रेनको राजधानी किभसहित अन्य महत्वपूर्ण भाग...

रुसलाई तत्काल युद्ध रोक्न माग

मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको छ । मंगलबार काठमाडौंस्थित रुसी दुतावास अगाडि प्रदर्शन गर्दै समाजले समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको हो ।प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरुले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरी युद्ध रोक्न आह्वान गरेका थिए । रुसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरु शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक

युक्रेनले रोजेको विनाशकारी बाटो

युक्रेनका दुईवटा क्षेत्रलाई स्वतन्त्र देशको मान्यता दिने रुसले गरेको निर्णयको एक साता नबित्दै राष्टपति पुटिनले  युुक्रेनमाथि सैन्य हमला गर्ने आदेश दिए । यससँगै  ६ लाख वर्गकिलोमीटर क्षेत्रफल र साढे चार करोड जनसंख्या भएको युरोपकै सबैभन्दा गरिब मुलुक युक्रेन गम्भीर संकटको चरणमा प्रवेश गरेको छ ।महिना दिनदेखि जारी युक्रेनमाथि रुसको आक्रमणलाई कुनै पनि बहानामा उचित ठहर गर्न सकिदैन । त्यसको निन्दा र भत्र्सना गरिनु पर्दछ । तर युक्रेन संकटका लागि रुसमाथि मात्र दोष थोपरेर पुग्दैन । रुसलाई घेर्ने

भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकियो, जिउँदै वा मृत ल्याउनेलाई यति इनाम

काठमाडौँ- रुसलाई युक्रेनविरुद्ध युद्धमा होमेका राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकिएको छ । रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका हुन् । रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै उनले […]

युक्रेनमाथिको हमलामा रुसलाई चीनले साथ दिने

रुस र युक्रेन युद्धको मुखैमा आइपुगेका छन् । रुसले ठूलो संख्यामा ट्यांक, क्षेप्यास्त्र र सेना तैनाथ गरेको छ । यसैगरी युक्रेनले पनि सीमामा १.३० लाख भन्दा बढी सैनिक तैनाथ गरेको छ । सोमबार अमेरिकाले भनेको छ,‘हामीलाई रुसले यस्तो किसिमबाट आक्रमण गर्न सक्छ भन्ने विश्वास नै भइरहेको छैन ।’ पेन्टागनका प्रवक्ता जोन किरबीले भने,‘यो संकटलाई मध्यनजर गर्दै रक्षा मन्त्री युरोप जाने योजनामा रहेका छन् ।’किरबीले भने,‘हामीलाई विश्वास भइरहेको छैन, युुद्धलाई लिएर अन्तिम फैसला

युक्रेन मामिलामा शान्तिपूर्ण बाटो अपनाउन रुसलाई अमेरिकाको आग्रह

बीबीसी । अमेरिकाले युक्रेनको मामिलामा शान्तिपूर्ण बाटो अपनाउन रुसलाई आग्रह गरेको छ । युक्रेनमाथि आक्रमण हुने डर बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ‘कूटनीतिक र शान्तिपूर्ण बाटो’ अपनाउन रुसलाई आग्रह गरेका हुन् । अनुमानित एक लाख रुसी सेना युक्रेनको सीमानामा तैनाथ गरिएको छ । युक्रेनी राजधानी कीभ भ्रमणमा रहेका विदेशमन्त्री ब्लिङ्कनले छोटो...