काठमाडाैं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। माओवादी केन्द्रको निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचनतर्फ धकेलिएको हो। माओवादीको १७४२ प्रतिनिधिको नाम सार्वजनिक गरेको छ। माओवादीले पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मतको प्रयास जारी राखिरहेको छ। दुई बजेपछि केही समय बसेको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भ