कांग्रेस महाधिवेशन : ११ बजेभित्र उम्मेदवारी फिर्ता गर्न चाहनेले गरिसक्नुपर्ने, अन्तिम नामावली प्रकाशन आजै

नेपाली काँग्रेसको निर्वाचन प्रक्रियाअनुसार आज (आइतवार) अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ । शनिवार आफ्नो मनोनयन दर्ता गराएका उम्मेदवारलाई ती  उम्मेदवारी फिर्ता लिनका लागि आइतवार बिहान ११ बजेसम्मका लागि समय दिइएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । यस्तै नयाँ नेतृत्व चयनका लागि सोमवार बिहान ८ बजेदेखि मतदान हुने छ । समितिका अनुसार केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन अपडेट : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिनुभएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिनुभएको छ । पाँच जनामध्येबाट सभापतिमा […]