नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं सांसद झलनाथ खनालले एमसीसी कुनै सन्धि नभएकाले संसदमा लैजान नहुने बताएका छन् ।
आजको संसद बैठकमा सहभागी भएर फर्किने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘एमसीसी करार सम्झौता मात्रै हो त्यसलाई संसदमा लैजान आवश्यक छैन । यो कुनै सन्धि होइन । गलत नजर बस्छ ।’
एमसीसी संसदमा पेश गर्ने हो भने संविधानअनुसार संघीय कानून बनाउनुपर्ने उनले बताए ।
‘एमसीसी संसदमा पेश गर्ने हो भने संविधानको धारा २७९ ले संघीय कानून बनाएर मात्रै कुन...