सप्तरी। हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन। नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्व धान खेतमा […]
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पुर्याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। हाललाई यो सेवा काठमाडौँ महानगरपालिकामा उपलब्ध छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ प्लाजाबाट सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरे। लामो सवारी जामका कारण बिरामीलाई तत्काल प्राथमिक उपचार गराउन चारपाङ्ग्रे एम्बुलेन्स […]
टीभीएस एनटर्क १५० मा १४९.७ सीसीको एयर-कुल्ड ओथ्रीसी टेक इन्जिन छ । कम्पनीका अनुसार यसले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ ।
काठमाडौँ । विटिआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिलीपराज बराल नियुक्त भएका छन् । २३ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत ४८ वर्षीय बराल महोत्तरीका हुन् । ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेका छन् । बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक र ज्योति विकास बैंकमा काम गरेको अनुभव […]
बझाङ। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुर्गाथली गाउँपालिका-४ रन्थोली बस्ने २५ वर्षीय बरूण जोशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।