काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको सरकारले संसद्लाई पंगु बनाएको आरोप लगाएका छन्। राजनीति र युवा महिला विषयक अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत व्यक्तिको हातमा नेतृत्व पुगेकाले देश भद्रगोल बनेको बताएका हुन्। ‘अबको चुनावमा गलत निर्णय लिन पुग्यौँ भने देश बर्बादीतर्फ जान्छ। कुनै लोभ र प्रभावमा नफसौँ। गलत सूचना र जानकारीबाट टाढा रहौँ। गठबन्धन सरकारको एक वर्षमा सबै देख्नु र भोगिसक्यौँ। अर्थतन्त्र ओरालो लागेको छ। राजनीति भद्रगोल छ