रक्षासचिव पौड्याल र कामु प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं : नवनियुक्त रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल र कायममुकायम प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ। नेपाली सेनाको जङ्गी अड्डामा उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो। भेटवार्तापछि जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयबाट रक्षा सचिव समक्ष काठमाडौं तराई- मधेश द्रुत मार्गको प्रगति विवरण र नेपाली सेनाद्वारा संचालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धि विविध पक्षमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएक

सम्बन्धित सामग्री

सिग्देल कामु प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ देखि बिदा बस्ने भएपछि बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।

रथी सिग्देल नेपाली सेनाको कामु प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल भदौ २४ मा सकिँदैछ । उक्त कार्यकाल सकिनु एक महिनाअघि नै बिदामा बस्नु पर्ने परम्परा अनुसार अशोक सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो

जङ्गी अड्डामा प्रधानसेनापति थापाको बिदाइ

भदौ २४ देखि अवकाशमा जान लागेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई आइतबार नेपाली सेनाले औपचारिक रूपमा बिदाइ गरेको छ । रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, कामु प्रधानसेनापति प्रभुराम शर्मालगायत सेनाको उच्च अधिकारीको उपस्थितिमा...

कामु प्रधानसेनापति र भारतीय राजदूत क्वात्राबीच भेट

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।  जंगीअड्डामा उनीहरूबीच भेट भएको हो । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।  यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास लिइएको नेपाली सेनाले जनाएको छ ।

कामु प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ  ।

म सामूहिक भावनाका साथ अघि बढ्छु- कामु प्रधानसेनापति शर्मा

कमाण्ड सेनापति र पिएसओको भेटपछस  जंगी अड्डाका विभागको अनुगमन गर्ने क्रममा कायममुकायम प्रधानसेनापति शर्माले विगतदेखि चलिआएको मूल्य मान्यता र संस्कारकै आधारमा फौजको परिचालन र व्यवस्थापन गर्ने बताए।

आजबाट देशको कामु प्रधानसेनापति प्रभुराम शर्मा

काठमाडौं।नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले आजबाट नेपाली सेनाको कयममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन्।प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट एक महिना लामो घर बिदामा बसेपछि कामु प्रधानसेनापतिको जिम्मेवारी शर्माको काँधमा गएको हो।आगामी भदौ २४ गते थापाको कार्यकाल सकिएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति हुनेछन्। यही साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई आजबाट लागू हुनेगरी कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो।

पूर्णचन्द्र थापा आजदेखि कामु प्रधानसेनापति

बलाधिकृत रथी पूर्णचन्द्र थापाले आजदेखि नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार एक कार्यक्रमबीच विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नेछन्।