पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङ्गको ओखलढुंगामा रहेका २२ परिवारलाई पिउने पानीको समस्याले वर्षौँदेखि सताइरहेको थियो।फागुन चैत जस्ता गर्मी महिनामा खडेरी लाग्दा गाउँमा रहेका दुई ओटामा धारामा पानी नै सुक्थ्यो। पिउनेदेखि चौपाया र अन्य प्रयोजनको लागि आवश्यक पानी बोक्न करिब पाँच सय मिटर टाढा रहेको खोल्सामा गएर पानी ओसार्नुपर्ने थियो। फेरि बर्खाको बेलामा गाउँमा रहेका दुवै धारामा हिलो र लेदो भएको पानी आउँथ्यो। त्यही पानी पिउनुको कुनै विकल्प थिएन।यो समस्यामा परेको ओखलढुंगाका २२ परिवार सहित एउ