पर्वत : जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नव जागृत बहुमुखी क्याम्पसको प्राङ्गणमा खरबाट निर्माण गरिएका साना छाप्राहरूमा दनदनी आगो दन्किरहेको थियो। आगलागी भएकै वरपर ‘गुहार! गुहार! कोही हामीलाई बचाउ! हामी त मर्नै लागियो ऐया!’ चिच्याउँदै थिए।केही बेरमा नेपाली सेनाका ट्रकमा सिपाहीहरू पुग्छन्, आगोमा परेर चिच्याउँदै गरिरहेकाहरूको उद्धार गर्छन्, बोकेर लगेको पानी दन्किरहेको आगोमा फालेर केही बेरमा आगो नियन्त्रणमा लिन्छन्। नेपाली सेनासँगै पुगेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका