कञ्चनपुर : महाकाली नदीको चार लेन पुल निर्माणको ठेकेदार कम्पनीले भीमदत्त नगरपालिकालाई रोयल्टी तिर्नुपर्ने भएको छ।उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशले रोयल्टी रकम तिर्न नपर्ने माग दाबीसहित ठेकेदार कम्पनी कुमार/सिएफइसिलले दायर गरेको रिट खारेज गरेको हो।ठेकेदार कम्पनीका इन्जिनियर किशोर पाण्डेयले चार महिना अघि भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, महाकाली पुल आयोजना र भवानी कन्स्ट्रक्सनलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।आइतबार अदालतमा रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय प्रभा बस्नेत र राकेश