२३ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले १०० जना युवालाई र्याफ्टिङ तालिम दिने भएको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र नाराका अध्यक्ष गंगाप्रसाद नेपालले तालिम सञ्चालन गर्ने सम्बन्धी विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा […]