१ नम्बर प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गठन गरेका प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ । यससँगै पर्यटन बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीसहित अन्य सदस्यहरू पदमुक्त भएका छन् ।
निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले अधिकारीलाई उपाध्यक्ष र सदस्यहरूमा देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थ...