तनहुँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई लोपोन्मूख परम्परागत जीवन उपयोगी सीप सिकाइरहेको छ । यस्तो सीप सिकाउने विद्यालयमा म्याग्दे गाउँपालिका–१ मानहुँ स्थित विजय आधारभूत विद्यालय रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत हाल गुन्द्री बुन्ने सीप प्रदान गरिरहेको छ । स्थानीय रितिमाया थापा मगरले सीप सिकाईरहनु भएको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।