विज्ञापन आचारसंहिता सार्वजनिक

काठमाडौं । विज्ञापन बोर्डले आइतबार सार्वजनिक गरेको विज्ञापन आचारसंहितामा मुलुकको समावेशी पक्ष र विज्ञापन जगत्ले गर्ने गतिविधिको पारदर्शितामा विशेष जोड दिइएको छ । विज्ञापन आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाई विज्ञापन व्यवसायलाई मर्यादित बनाउने विश्वास बोर्डले लिएको छ । आचारसंहितामा विज्ञापन गर्न हुने र नहुने विषयवस्तुका सम्बन्धमा उल्लेख गरिएको छ ।विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता सञ्चार […]

सम्बन्धित सामग्री

विज्ञापन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको जोड

नेपाल उद्योग वाणिज्य महासंघ र विज्ञापन बोर्डको संयुक्त तत्वावधानमा विज्ञापन आचारसंहिता र विज्ञापनको राष्ट्रिय नीतिका विषयमा गहन छलफल भएको छ । आइतवार महासंघ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा महासंघ, बोर्डका पदाधिकारी, उद्यमी व्यवसायीहरू, विज्ञापनदाता र संचार माध्यमका व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।विज्ञापन बोर्डले केही महिना अघिमात्र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ सार्वजनिक गरेको थियो भने विज्ञापनको राष्ट्रिय नीतिको तयारीमा काम गरिरहेको सो अवसरमा जान

विज्ञापन आचारसंहिता सार्वजनिक, यस्ता छन् नियम

विज्ञापन बोर्डले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारण सम्वन्धी आचारसंहिता  जारी गरेको छ । आइतबार सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट आचारसंहिता सार्वजनिक गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।३८ पृष्ठ लामो उक्त आचार संहितामा १३ वटा मुल खण्ड रहेको छ । जसमा विज्ञापन एजेन्सी, सञ्चार गृह, उपभोक्ता, स्थलगत विज्ञापन, विज्ञापन उत्पादन, वितरण, प्रकाशन, प्रशारण, पारदर्शिता, भुक्तानी र कानुनी उपचारको बारेमा स्पष्ट खुलाइएको छ ।आचार संहितामा विज्ञापन व्यवसायमा

विज्ञापन आचारसंहिता तत्काल कार्यान्वयन गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक साताभित्रै कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक साताभित्र अनुभूति हुने गरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।मन्त्री कार्कीले भने, ‘आज यो आचारसंहिता जारी गरेका छौं। आचारसंहिताको कुरामा मैले भनेको छु

विज्ञापन बजारलाई व्यवस्थित गर्न जरुरी छ: मुख्यमन्त्री पोखरेल

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालको विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी रहेको बताएका छन् । विज्ञापन बोर्ड नेपालले आज पोखरामा आयोजना गरेको विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विज्ञापनबिना सञ्चार क्षेत्र अघि बढ्न नसक्ने भएकाले आवश्यक कानुन बनाएर विज्ञापन बजारलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले भने, […]

‘विज्ञापन आचारसंहिता नियन्त्रण होइन, नियमनका लागि हो’

काठमाडौँ– सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यले  ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आज  यहाँ  आयोजित  ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुईदिने तालिमको शुभारम्भ गर्दै विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउनका लागि सरकारले आचारसंहिता ल्याउने […]

विज्ञापन व्यवसायलाई नियमन गर्न सञ्चार सचिव अर्यालको जोड

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन व्यवसायलाई नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विज्ञापन बोर्ड, बबरमहल, काठमाडौँद्वारा आज यहाँ आयोजित विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सचिव अर्यालले विज्ञापनमा पर्याप्त बजेट रहेकाले यसले रोजगारी सिर्जना गर्ने उल्लेख गरे । सचिव […]

‘विज्ञापन आचारसंहिता विज्ञापन बजार नियन्त्रण गर्न होइन, नियमन गर्न बनाइएको हो’

काठमाडौँ– विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्न नभइ नियमनको लागि बनाइएको बताएका छन्। बिहीबार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईंले यस्तो बताएका हुन्। उनले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्न सहयोग गर्ने बताए। अध्यक्ष हुमागाईंले आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने बताए। उनले आजको छलफलमा विज्ञापन दाताहरुलाई छनोटको सुविधा […]

विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउँछौं– अध्यक्ष हुमागाईं

बोर्डले आजै विज्ञापन आचारसंहिता जारी गर्दै मस्यौदामाथि सरोकारवाला विज्ञहरूको सुझावका लागि महिना दिनको समयावधि तोकेको अध्यक्ष हुमागाईंले बताउनुभयो ।