विज्ञापन बोर्डले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारण सम्वन्धी आचारसंहिता जारी गरेको छ । आइतबार सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट आचारसंहिता सार्वजनिक गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।३८ पृष्ठ लामो उक्त आचार संहितामा १३ वटा मुल खण्ड रहेको छ । जसमा विज्ञापन एजेन्सी, सञ्चार गृह, उपभोक्ता, स्थलगत विज्ञापन, विज्ञापन उत्पादन, वितरण, प्रकाशन, प्रशारण, पारदर्शिता, भुक्तानी र कानुनी उपचारको बारेमा स्पष्ट खुलाइएको छ ।आचार संहितामा विज्ञापन व्यवसायमा