काठमाडौँ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन निष्पक्ष, विश्वसनीय र पारदर्शी रुपमा सम्पन्न गर्न आह्वान गरेको छ। टीआई नेपालले एक विज्ञप्ति जारी गर्दै सातवटा सरोकारवाला पक्षहरुलाई मितव्ययी रुपमा निर्वाचन सम्पन्न गर्न आह्वान गरेको हो।