मन्त्री साउदद्वारा बहुउद्देश्यीय कभर्डहल शिलान्यास

महेन्द्रनगर, १४ असार । कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा बहुउद्देश्यीय कर्भहल निर्माण थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु १३ करोड तीन लाख २८ हजारको लागतमा निर्माण गरिने सो कभर्डहल प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले आज यहाँ शिलान्यास गरे । सुदूरपश्चिमलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन कञ्चनपुरको विगत लामो समयदेखि योगदान रहेको बताउँदै उनले […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा बहुउपयोग कभर्डहलकाे शिलान्यास

सुदूरपश्चिम प्रदेश खेलकुद जगतको उर्बराभूमि कञ्चनपुरमा बहुउपयोग कभर्डहल बन्ने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा बहुउपयोग कभर्डहल बन्ने भएको हो।  प्रदेश सरकार समाजिक विकास मन्त्रालयले विवित खेलकुदका विधा सहितको भवन...

डब्लु आवासमा बहुउद्देश्यीय कभर्डहल शिलान्यास

काठमाडौं महानगरपालिका १५ डल्लु आवास क्षेत्रले बहुउद्देश्यीय कभर्डहल पाउने भएको छ । जहाँ राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता नै गर्न सकिनेछ ।

डल्लु आवासमा बहुउद्देश्यीय कभर्डहल शिलान्यास

काठमाडौं महानगरपालिका १५ डल्लु आवास क्षेत्रले बहुउद्देश्यीय कभर्डहल पाउने भएको छ । जहाँ राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता नै गर्न सकिनेछ ।

बन्ने भयो भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्डहल शिलान्यास गरेका छन्।नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले अन्तरराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शनिवार काठमाडौं १५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गरेका हुन्।साढे ४ करोड लागतमा बन्ने कभर्डहलमा राष्ट्रिय/अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन गर्न सकिने मन्त्री श्र

उदघाटन र शिलान्यासमा सहभागी हुन प्रचण्ड फेरि चितवनमा

१६ चैत, काठमाडौं । उदघाटन, शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि चितवन गएका छन् । उनी राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उदघाटन, भरतपुर–२२ धनौजीमा कभर्डहल उदघाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुनेछन् । एक हप्ता अगाडि मात्रै पनि उनी गृह जिल्ला चितवनका बिभिन्न कार्यक्रममा […]

कर्णाली प्रदेशको पहिलो गौरवको आयोजना शिलान्यास

सुर्खेत । कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रूपमा सुर्खेत रंगशालाको निर्माण भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले सो रंगशाला निर्माणको शिलान्यास गरे ।    रंगशाला निर्माण अघि बढाउन कर्णाली खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसीजीएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौंबीच यही कात्तिक अन्तिम साता सम्झौता भएको थियो । रंगशाला निर्माणका लागि प्रदेश सरकारले पहिलोपटक ग्लोबल बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये एमएसीजीएसएल ज्वाइन्टभेन्चर छानिएको हो ।    रंगशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए । ‘खेलकुद परिषद् र निर्माण कम्पनीले एक–एक मिनेटको महत्त्व बुझेर कामलाई गति दिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘हामीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेछ, त्यसअगावै हाम्रा पूर्वाधार व्यवस्थित भइसक्नुपर्छ ।’ साथै उनले प्रतियोगितामा पदक विजेता खेलाडीको जीविकोपार्जनका लागि प्रदेश सरकारले निश्चित मापदण्ड बनाउने प्रतिबद्धता व्यक्त गरे । शिलान्यास समारोहमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशस्तरीय रंगशाला निर्माण हुनु सुर्खेतका लागि गौरवको विषय भएको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश रंगशाला निर्माण गर्ने सरकारको योजनाले खेलकुदको विकासमा बहुआयामिक टेवा पुर्‍याउने धारणा राखे । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार १ अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइनेछ । निर्माण कम्पनीलाई ३० महिनामा काम सम्पन्न गर्ने कार्यादेश छ । ‘रंगशालाभित्र खेल सञ्चालनका लागि आवश्यक पर्ने सबै खालका संरचना निर्माण गरिनेछ,’ परिषद्का सदस्य सचिव सञ्ज्यालले भने, ‘रंगशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधी बन्नेछन्, बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।’      रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्र्याक बनाइनेछ । भीआईपी प्यारापिट तथा प्रतीक्षालय, निर्णायक, चेञ्जिङ तथा रिफ्रेस कोठा, मेडिकल, फिजियोथेरापी र मिडिया कोठा निर्माण गरिनेछ । अपांगतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र भूमिगत पार्किङ निर्माण गर्नेगरी रंगशालाको ढाँचा तयार गरिएको परिषद्ले बताएको छ । टीभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुनेछन् । रासस

बहुउद्देश्यीय कभर्डहल शिलान्यास

सुर्खेतमा बहुउद्देश्यीय कभर्डहल निर्माण कार्य सुरु भएको छ । कर्णाली प्रदेशकै नमुना भनिएको बहुउद्देश्यीय कभर्डहल जिल्ला व्याडमिन्टन संघ सुर्खेतले निर्माण गर्न लागेको हो । सुर्खेतको वीरेन्द्रनगरस्थित सेमिकभर्डहलको हाताभित्र निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्डहलको लागत चार करोड रहको छ । संघले कभर्डहल निर्माणका लागि गत वर्ष धार्मिक महोत्सव आयोजना गरी नगद र वाकदान गरी १ करोड २७ लाख रकम संकलन गरिसकेको छ । =

अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहलको शिलान्यास

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहलको मंगलबार शिलान्यास गरेका छन् । त्रिभूवन विश्वविद्यालय (टीयू) परिसरभित्र बन्न लागेको कभर्डहलको शिलायन्स गरिएको हो । विश्वविद्यालय परिसरभित्रै रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पश्चिममा रहेको खाली ठाउँमा कभर्डहल बनाइने छ । करिब ८२ करोड लागत अनुमान गरिएको कभर्डहल निर्माणका लागि टीयूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७४ रोपनी…