बन्ने भयो भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्डहल शिलान्यास गरेका छन्।नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले अन्तरराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शनिवार काठमाडौं १५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गरेका हुन्।साढे ४ करोड लागतमा बन्ने कभर्डहलमा राष्ट्रिय/अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन गर्न सकिने मन्त्री श्र

सम्बन्धित सामग्री

बैजनाथपुरमा क्रिकेट रंगशाला बन्छ : मन्त्री लिम्बू

विराटनगर। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले रंगशालाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको र यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिए । २ अर्ब रुपैयाँ लागतमा २ वर्षभित्र अत्याधुनिक रंगशाला निर्माण हुने उनले बताएका छन् । पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बन्न लागेको रंगशालामा बजेट थोरै भयो भनेर आलोचना नगर्न उनले आग्रह गरे । रंगशालामा लाग्ने बजेट विनियोजन हुने र निर्धारित समयमै बन्ने उनले बताए । मन्त्री लिम्बूले भने, ‘क्रिकेट मैदान, स्वीमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रंगशाला खास किसिमको हुनेछ ।’ बैजनाथपुरमा रंगशाला बन्दा सो क्षेत्रका मानिसका लागि रोजगारीका अवसर सृजना हुने, जमीनको मूल्य बढ्ने र जीवन स्तरमा पनि सुधार आउने उनले बताए ।

कञ्चनपुरमा बहुउपयोग कभर्डहलकाे शिलान्यास

सुदूरपश्चिम प्रदेश खेलकुद जगतको उर्बराभूमि कञ्चनपुरमा बहुउपयोग कभर्डहल बन्ने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा बहुउपयोग कभर्डहल बन्ने भएको हो।  प्रदेश सरकार समाजिक विकास मन्त्रालयले विवित खेलकुदका विधा सहितको भवन...

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आफ्नै कभर्डहल बन्ने

३० मंसिर, काठमाडौं । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आफ्नै कभर्डहल बन्ने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा बन्न लागेको कभर्डहलको मंगलबार बिहान शिलान्यास गरिएको छ । मंगलबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष …

बर्दियामा ५० करोड लागतमा कबड्डी कभर्डहल बन्ने

भावुक योगी/उज्यालो ।  बर्दिया, माघ २४ – कबड्डी खेलको विकासका लागि बर्दियाको बाँसगढी नगरपालिका –४, मगरपुरमा कबड्डी बहुउद्देश्यीय कभर्...

त्रिवि हातामा कभर्डहल बन्ने

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) हातामा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहल बन्ने भएको छ । हाल क्रिकेट मैदानको पश्चिम भागमा रहेको खाली जग्गामा उक्त कभर्डहल बनाइने छ ।