सुर्खेतमा बहुउद्देश्यीय कभर्डहल निर्माण कार्य सुरु भएको छ ।
कर्णाली प्रदेशकै नमुना भनिएको बहुउद्देश्यीय कभर्डहल जिल्ला व्याडमिन्टन संघ सुर्खेतले निर्माण गर्न लागेको हो । सुर्खेतको वीरेन्द्रनगरस्थित सेमिकभर्डहलको हाताभित्र निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्डहलको लागत चार करोड रहको छ । संघले कभर्डहल निर्माणका लागि गत वर्ष धार्मिक महोत्सव आयोजना गरी नगद र वाकदान गरी १ करोड २७ लाख रकम संकलन गरिसकेको छ । =