जनार्दन शर्मालाई 'क्लिन चिट' दिँदै समितिले दियो ११ सुझाव

बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको विवादमा गठन भएको संसदीय छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट दिँदै यस सम्बन्धमा विभिन्न ११ सुझाव दिएको छ ।समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जबाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म  गरेका छानबिन र सङ्कलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको  ठहर गरेको हो । यससँगै करका दर हेरफेरमा अनाधिकृत व्यक्

सम्बन्धित सामग्री

दीपावली र रङ्गोली दियो बजारमा

टीकापुर (कैलाली), २२ कात्तिक । कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ । सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले सञ्चालन गरेको गौशालाले नौ हजार दीपावली दियो र एक हजार पाँच सय रङ्गोली दियो उत्पादन गरेर बिक्री थालेको हो । उत्पादन भएका दियो बजारका पसल तथा […]

सुशासन समितिले दियो सङ्घीय संसद् सचिवालयलाई यस्तो निर्देशन

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले सुशासन, दिगो विकास एवं सन्तुलित विकासको प्रत्याभूति हुने गरी व्यवस्था रहे/नरहेको परीक्षण गरेर मात्र विधेयक दर्ता प्रक्रिया अघि बढाउने व्यवस्था गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिने भएको छ । सिंहदरबारमा बिहीबार भएको समितिको बैठकले सङ्घीय संसद्मा पेस हुने विधेयकको प्रावधानमा नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो …

वैधानिक प्रक्रियामा आउन फुङलिङका व्यवसायीलाई अनुगमन समितिले दियो समय

‘हामी त्यसलाई सुक्ष्म ढंगले हेरिरहेका छौं, केही दिनमै यसका बारेमा निष्कर्षमा पुग्नुपर्ने छ’ अनुगमन समिति संयोजक भट्टराईले भने। अनुगमन समितिले दोभान, सुकेटार सहितका बजार पसलहरुको अनुगमन गरिसकेको छ।...

जनार्दन प्रकरणः छानबिन समितिले जेठको सीसीटीभी फुटेज माग्दा अर्थले असारको दियो

बजेट निर्माणमा विचौलियालाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लगोपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मामाथि संसदीय छानबिन समितिले छानबिन गरिरहेको छ । उक्त छानबिन समितिले अर्थ मन्त्रालयसँग बजेट निर्माणका बेलाको सीसीटीभी फुटेज माग्यो । तर, अर्थले अर्कै महिनाको फुटेज दिएको छ ।समितिलाई अर्थ मन्त्रालयले शुक्रबार सीसीटीभी फुटेजको ‘हार्ड डिस्क’ दियो । छानबिन समितिका सदस्यहरुले उक्त हार्ड डिस्कलाई शुक्रबार र शनिबार गहन ढङ्गले हेरे । तर, जेठको फुटेज माग गरिएकोमा अर्थले असार महिनाको दिएको पाईएको छ । छानबिन विशेष समितिले जेठ महिना भरको सीसीटीभी फुटेज मागेको थियो । तर, अर्थले असार महिनाको फुटेज भएको हार्ड डिस्क दिएको हो ।‘हामीले मागेको जेठ महिना भरीको फुटेज थियो, अर्थबाट आएको फुटेज हेर्दा त असारको पो रहेछ’ छानबिन समितिका एक सदस्यले भने । असार २२ गते गठित छानबिन समितिले अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशकहरुसँग बयान लिईसकेको छ । जेठ १४ गते खेताला विज्ञ ल्याएर करका दर हेरफेर गराएको आरोप जनार्दन शर्मामाथि लागेपछि उपभोक्ता हित संरक्षण मञ्चले सीसीटीभी फुटेज माग गरेको थियो । तर, अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएको थियो ।समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्यहरु रहेका छन् । समितिले गत असार २८ गते मंगलबारको मितिले १० दिनभित्र प्रतिवेदन संसदमा बुझाउनु पर्नेछ ।

कांग्रेस महाधिवेशन : डडेल्धुराको अधिवेशनलाई निर्वाचन समितिले दियो वैधानिकता

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा एक समूहको बहिस्कारका बीच भएका सबै अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले वैधानिकता दिएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले बहुमतका आधारमा निर्णय गर्दै फेरि अधिवेशन गर्नुनपर्ने निष्कर्ष निकालेको हो । डडेल्धुरा सभापति कर्ण मल्ल क्रियाशील सदस्यतामा मनोमानी गरिएको भन्दै वडादेखि जिल्लासम्मको सबै अधिवेशन बहिस्कार […]

कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई निर्वाचन समितिले दियो मान्यता

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको अधिवेशनलाई मान्यता दिएको छ । अधिवेशन खारेजीको माग गर्दै पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेता कार्यकर्ताहरु सानेपामा अनसनमा बसिरहेका बेला निर्वाचन समितिले बहुमतले उक्त अधिवेशनलाई मान्यता दिएको हो । समितिको सोमबार बसेको बैठकले अधिवेशन प्रक्रियागत रुपमा भएको निष्कर्ष निकालेको हो । संयोजक गोपालकृष्ण घिमिरे, सदस्यहरु […]

बिमा समितिले स्वार्थ बाझिने व्यक्तिलाई नै दियो अध्ययनको जिम्मा

१९ असार, काठमाडौं । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले लघु विमा कम्पनीको आवश्यकताबारे अध्ययन गर्ने जिम्मा स्वार्थ बाझिने गरी लघुविमा कम्पनीकै अधिकारीहरुलाई दिएको छ । विमा समितिका निर्देशक सुशील सुवेदीको संयोजकत्वमा गठित उक्त समितिमा सगरमाथा इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल सदस्य छन् । […]

समुद्रमा विलीन द्वारका खोज्न भारतीय संसद्को समितिले दियो सल्लाह

भारतको एक संसदीय समितिले गुजरातमा समुद्रमा विलीन भएको शहर द्वारका खोज्न सल्लाह दिएको छ । द्वारकाको जानकारी जुटाउनका लागि मरिन आर्कियोलोजिकल रिसर्च गर्न संसदीय समितिले सरकारलाई सल्लाह दिएको हो ।  संसदमा पेश गरिएको संस्कृति मन्त्रालयको डिमान्ड्स फर ग्रान्ट्समा स्थायी समितिको रिपोर्टमा द्वारका खोज्न सुझाव दिइएको हो ।  समितिका अनुसार, देशमा अनेकौं पुरातात्त्विक स्थान छन् जसको खोज गरिएको छैन र त्यहाँ आधुनिक प्रविधिको प्रयोग गरी पुरातात्त्विक अनुसन्धान गर्न सकिने सम्भावना छ ।  पुरातात्त्विक महत्त्वका कलाकृति...