बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरोमा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कामीको मृत्यु भएसँगै जिल्लामा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मङ्गलबार र बुधबार मात्रै जिल्लामा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको थियो ।आज एक जनाको उपचारका क्रममा मृत्यु भएको र सायल गाउँपालिका