धेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्तमान संविधानको कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषयक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
मुख्यमन्त्री राउतले संविधानमा विभिन्न विषय मौलिक हककै रुपमा व्यवस्था भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नहुनु दुखद रहेको बताउनुभयो। उहाँले मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।