सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक महिनापछि पुनः सञ्चालनमा आएको छ । उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथाङ्का–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो । मकालु–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि आइतबारदेखि सडक सञ्चालन भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । सुक्खा पहिराले भोटखोला जाने सडक खण्ड एक महिनादेखि अवरुद्ध भएको थियो । पहिराले बन्द भएको सडक भोटखोला गाउँपालि