हरेक वर्ष माघे संक्रान्तिका दिन नुवाकोटका विभिन्न स्थानमा सञ्चालन गरिने गोरु जुधाइ मेला कोरोना भाइरस संक्रमणका कारण यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाइ प्रतिस्पर्धा नहुने भएको हो …