स्वयम्सेवक घाइते भएपछि गोरु जुधाइ कार्यक्रम अवरुद्ध

नुवाकोटको तारुकामा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष आयोजना हुने गोरु जुधाइ कार्यक्रम अवरुद्ध भएको छ । गोरु जुधाइ कार्यक्रममा एक स्वयम्सेवक घाइते भएपछि कार्यक्रम अवरुद्ध हुन पुगेको हो ।स्थानीय पत्रकार विष्णु तारुकेका अनुसार गोरु जुधाइ हेर्न आएका दर्शकहरुको भीडबाट अज्ञात व्यक्तिले हानेको ढुंगा लागेर ती स्वयम्सेवक घाइते भएका छन् । तारुकेका अनुसार गणेश सिग्देलको टाउकोमा चोट लागेको छ । 

सम्बन्धित सामग्री

गोरु जुधाइ कार्यक्रममा मान्छे जुधे, स्वयंसेवक घाइते

नुवाकोटको तारुकास्थित गोरुजुधाइ कार्यक्रममा झपड भएको छ । झपडका क्रममा स्थानीय युवा घाइते भएका नेकपाका स्थानीय नेता राजेन्द्र न्यौपानेले बताए ।  स्वयंसेवकको रूपमा खटिएका युवामाथि भीडबाट अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको बताइएको छ । ढुंगाले लागेर उनको टाउकोमा चोट लागेको छ ।  ढुंगा हान्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गर्दै पीडित पक्षले नाराबाजी गरेपछि अहिले गोरुजात्रा कार्यक्रम अवरुद्ध भएको छ भने मिलाउने प्रयास जारी रहेको जनाइएको छ ।