लकडाउन खुकुलो भएपनि पोखराका पर्यटक स्तरिय रेष्टुरेण्ट नखुल्ने

कोरोना भाइरसका कारण देशमा लकडाउन भएको ८२ दिन भएसँगै सरकारले लकडाउन खुकुलो पार्दै रेष्टुरेण्टहरु समेत सञ्चालन गर्न अनुमति दिए पनि पोखरा क्षेत्रका पर्यटकीय स्तरका रेष्टुरेण्टहरु भने सञ्चालन नहुने भएका छन् । लामो समय लकडाउन हुँदा व्यवसाय प्रभावित भएकाले अहिलेको अवस्थामा आफूहरुले तत्काल रेष्टुरेण्टहरु सञ्चालन गर्न नसक्ने अवस्था आएको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए ।

सम्बन्धित सामग्री

पोखरामा रात्रिकालीन व्यवसाय खुल्ने

पोखरा । बैशाख तेस्रो सातादेखि पोखरामा जारी रहेको निषेधाज्ञा भोलिदेखि पूर्ण रुपमा हट्ने भएको छ । जिल्ला कोभिड– १९ व्यवस्थापन समितिले पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबार लगायत बन्द रहेका क्षेत्रहरु खुलाउने निर्णय समेत गरेको छ । जेठ अन्तिम सातादेखि लकडाउन खुकुलो गरिए पनि स्कुल र रात्रिकालीन व्यवसाय खुलेका थिएनन् । पछिल्ला दिनमा […]