ताप्लेजुङ - प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एअरलाइन्सले आज उडान भरेको हो ।
जहाजले काठमाण्डौबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाण्डौ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बुले जानकारी दिनुुभयो ।
उहाँका अनुसार अब तालिकाअनुसार हप्तामा सोमवार, बुधवार र शुक्रवार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिवार पनि उडान थप्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
ताप्लेज...