ताप्लेजुङको सदरमुकाम नजिक सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । मङ्गबारदेखि सुरु भएको वर्षासँगै २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो । पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण सुकेटार विमानस्थलमा बुधबारको उडान प्रभावित भएको छ । नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूका अनुसार हिउँका कारण उडान प्रभावित भएका हुन्।