प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय निर्वाचन लागि प्रतिबद्धता पत्र तयारी सम्बन्धमा भर्चुअल कार्यशाला आयोजना गरेको छ। बैठकमा एमाले अध्यक्ष केपी ओलीले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा तात्कालीन सरकारले गरेका काम जनतामा लिएर जान निर्देशन दिनुभएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो।