अर्थमन्त्रीद्वारा भैरहवा भन्सारको निरीक्षण, राजस्वको लक्ष्य भेटाउने गरी काम गर्न निर्देशन

भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, 'राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस् ।' उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा.महतले भने,‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’ भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिए। ‘कार्यरत कर्मचारीहरु एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’ मन्त्री डा. महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’  अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै डा. महतले भने, ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन । त्यो कुरामा कर्मचारीले गम्भिर भएर ध्यान दिनुहोला ।’ डा. महतले भने - 'चोरी पैठारी रोक्न भन्सार नाकामा खटिने सबै तहबीच एक अर्काको राम्रो समन्वय हुनुपर्छ ।’ ‘जफत गरेको सामानको लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजश्वबीच समन्वय हुन जरुरी देखिएको छ’ मन्त्री डा. महतले भने, ‘जाँच पासका लागि प्राविधिक रुपमा के–के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको रिर्पोट गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, 'समस्याको सम्बोधन तुरुन्त हुन्छ ।’

सम्बन्धित सामग्री

‘नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नु’

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले नागरिकको काम गर्न कसैको निर्देशन कुर्नु नपर्ने बताएकी छिन्।गुठी संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले माथिको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको उल्लेख गर्दै त्यसो नगर्न निर्देशन दिइन्।“कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्”, मन्त्री चौधरीले भनिन्, “यदी कसैले कसैको आदेशमा या

तटस्थ भएर काम गर्न मतदान अधिकृतहरूलाई निर्देशन

निर्वाचन आयोगले मतदान अधिकृतहरूलाई तटस्थ भएर काम गर्न निर्देशन निर्देशन दिएको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक...

नागरिकको काम आजको आजै गर्न गृहमन्त्री खाँणको निर्देशन

नागरिकको काम आजै गर्न गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय तेह्रथुम भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको काम आजको काम आजै गर्न निर्देशन कर्मचारी दिएका हुन् । ‘तेह्रथुम पर्यटकीय रूपमा सम्भावना बोकेको जिल्ला हो । पर्यटन क्षेत्रबाट आर्थिक क्रियाशील बनाउन चौबीसै घण्टा होटेल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न व्यवसायीले जिल्ला प्रशासनसँग समन्वय गरी सञ्चालन सक्ने छन्’ उनले भने । तेह्रथुममा बुनेको ढाकाको चर्चा गर्दै

परिणाममुखी काम गर्न मन्त्रालयको निर्देशन

काठमाडौ., ७ चैत्र । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परिणाममुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयद्वारा आज आयोजित मातहतका निकायसँगको बजेटसम्बन्धी छलफलमा सचिव डा बैकुण्ठ अर्यालले जतिसक्दो पर्याप्त समय लिएर योजना बनाउँदै प्रतिफल आउने गरी काम गर्न निकायका प्रमुखलाई निर्देशन दिए । “प्रस्ट योजना हुँदा हामीलाई पनि काम गर्न सजिलो हुन्छ, त्यसैले […]

परिणाममुखी काम गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परिणाममुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयद्वारा आज आयोजित मातहतका निकायसँगको बजेटसम्बन्धी छलफलमा सचिव डा वैकुण्ठ अर्यालले जतिसक्दो पर्याप्त समय लिएर योजना बनाउँदै प्रतिफल आउने गरी काम गर्न निकायका प्रमुखलाई निर्देशन दिए । ‘प्रस्ट योजना हुँदा हामीलाई पनि काम गर्न सजिलो हुन्छ, त्यसैले तपाईँहरूले सबैभन्दा […]

दीपेन्द्रले निर्देशन गर्ने चलचित्रमा काम गर्दै भिटेन

काठमाडौँ – निर्देशन दिपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रमा र्‍यापर भिटेनले काम गर्ने भएका छन्। यी दुई एक प्रोजेक्टको लागि फाइनल भएको निर्देशन दिपेन्द्र के खनालले जानकारी दिए। ‘हुन चाँही हो तर आधिकारिक जानकारी दिने समय आइसकेको छैन।’ खनालले भने, ‘अरु कुरा निश्चित हुन बाँकी छ। यो चलचित्रलाई बुढासुब्बा ओरिजिनलले निर्माण गर्दै छ भने यो […]

अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे ।   श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा कर्मचारीका तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकार...

जनताको अपेक्षाअनुसार काम गर्न मन्त्रीहरूलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरूलाई निर्देशन दिए ।मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ताअनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिए । त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरूको कार्यकालको पूर्ण सफलताको कामनासमेत गरे नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा […]

समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ।