२५ दिनमा ५२ अर्ब विकास खर्च, शनिबार मात्र १५ अर्ब

२६ असार, काठमाडौं । असारमा आएर ठूलो बजेट खर्च गर्ने प्रवृत्ति चालु आर्थिक २०७८/०७९ मा समेत दोहोरिएको छ । पछिल्लो २५ दिन (असारयता) मा विकास खर्च मात्र ५२ अर्ब रुपैयाँ भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ३१ जेठ २०७९ मा विकास खर्च १३७ अर्ब रुपैयाँ मात्र भएको थियो । तर, शनिबार (२५ जेठ […]

सम्बन्धित सामग्री

बैंकिङ प्रणालीमा थपियो निक्षेप, विकास खर्च वृद्धि की ब्याजदर बढाएको प्रभाव ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेको छ । सरकारको पूँजीगत खर्चमा वृद्धि र बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदरसमेत बढाएपछि बैंकिङ प्रणालीमा निक्षेप थपिएको हो ।  नेपाल बैंकर्स संघका अनुसार फागुन महीनामा वाणिज्य बैंकहरूमा २२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । माघ महीनामा भने बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको थियो ।  बैंकहरूले माघ महीनाको तुलनामा फागुनमा बचतको ब्याजदर १० प्रतिशतले वृद्धि गरेका थिए । यसअनुसार वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्‍याएका थिए ।  निक्षेप उत्साहजनक वृद्धि नभए पनि सामान्य सुधार देखिएको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्ययले जानकारी दिए । बैंकहरूले चैत महीनामा ब्याजदर वृद्धि गरेका छैनन् । माघ मसान्तको तुलनामा फागुन मसान्तमा १७ ओटा बैंकको निक्षेप वृद्धि भएको छ भने १० ओटाको घटेको छ । सबैभन्दा बढी माछापुच्छ्रे बैंकको निक्षेप ४ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । यसैगरी सबैभन्दा बढी नबिल बैंकको २ अर्ब ७८ करोड निक्षेप घटेको छ । चालू आर्थिक वर्ष शुरू भएलगत्तै कर्जा प्रवाहमा आक्रामक भएका बैंकहरूको कर्जा–निक्षेप (सीडी) अनुपात तथा तरलता अभावका कारण खुम्चिन थालेको छ । बैंकहरूले फागुनमा १७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । अघिल्लो महीना पनि १२ अर्ब मात्र कर्जा लगानी गरेका थिए । फागुन मसान्तमा बैंकहरूको औसत सीडी अनुपात ९० दशमलव ९९ प्रतिशत रहेको बैंकर्स संघले जानकारी दिएको छ । बैंकहरूले २०७९ असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशतभन्दा कम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।  राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले हाल २२ बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । बैंकिङ प्रणालीमा १२–१५ अर्ब तरलता भए पनि सीडी रेसियोका कारण बैंकहरूको कर्जा प्रवाह खुम्चिएको उनले बताए । चालू आवको ८ महीनामा वाणिज्य बैंकहरूले १ खर्ब ३१ अर्ब १२ करोेड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।  बैंकहरूको कर्जा प्रवाह वार्षिक लक्ष्यभन्दा बढी भएपछि राष्ट्र बैंकले निरुत्साहित गर्न बैंकदर वृद्धि गर्नुका साथै विभिन्न सामान आयातका लागि नगदमै मार्जिन राख्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्‍याउने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी मुलुकलाई तीन तहमा विभाजन गरी अधिकारसम्पन्न बनाए पनि प्रदेश सरकारहरूले गरिरहेको पूँजीगत खर्चको अवस्था निराशाजनक छ ।चालू आर्थिक वर्ष (आव) २०७८/७९ का लागि प्रदेश नम्बर १ सरकारले पुँजीगततर्फ १५ अर्ब ५ करोड बजेट छुट्ट्याएकोमा उक्त प्रदेशले पहिलो त्रैमासमा करीब १५ प्रतिशतको हाराह

कामपामा सञ्चालित ५०% मात्र विकास निर्माणका कामले पायो निरन्तरता

जेठ १०, काठमाडौं । कोभिड–१९ का कारण काठमाडौं महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ ।  कामपाले चालू आर्थिक वर्षमा साना ठूला गरी १०५ ओटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० ओटा कामले मात्र निरन्तरता पाएको छ ।  ‘महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो’, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भने ।  उनका अनुसार वडा नम्बर २, ३, ६, २२ र २३ मा भइरहेको सडक कालोपत्र गर्ने, ढल व्यवस्थापन, सडक बत्ती राख्ने र उद्यान निर्माणको काम अहिले रोकिएको छ ।  त्यसैगरी अन्तिम चरणमा पुगेको कमलपोखरी पुनः निर्माणको थोरै काठको काम बाँकी रहेको र त्यसका लागि भक्तपुरबाट कामदार ल्याउनुपर्ने भएकाले अहिलेका लागि त्यो पनि रोकिएको थापाले जानकारी दिए । त्यस्तै अन्य वडामा सञ्चालनमा रहेको केही विकासका कामले भने निरन्तरता पाएका छन् ।  चालू आवका लागि कामपाको भौतिक पूर्वाधारका लागि रू. ३ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये हालसम्म २२ प्रतिशत मात्र खर्च भएको बताइएको छ ।  थापाले भने, ‘विकास बजेट धेरै खर्च हुने समय चैत, वैशाख, जेठ र असार हो, यही समयमा कोरोना महामारीले थलिएर बस्नु परेको छ त्यसैले विकास खर्च हुन सकेको छैन ।’ कामपाले चालू आवका लागि रू. १५ अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो । रासस