काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोले आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको वितरण कार्य रोकिने जानकारी दिए ।उनले कहिलेदेखि कहिलेसम्म मनसुन सक्रिय हुनेबारे मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरूसँग छलफल गरेर पानीको वितरण कार्य रोकिने बताए ।गत वर्ष असार