स्वास्थ्य मापदण्डको उल्लंघन : मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरे। जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी

सम्बन्धित सामग्री

सीके राउतको पार्टी स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै आन्दोलनमा

कोरोना संक्रमणको तेश्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड नगर्न निर्देशन दिएको छ । २५ जनाभन्दा बढी सार्वजनिक स्थलमा भेला हुन सरकारले रोक लगाएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार किसानको नाममा महार्याली आयोजना गरेको छ । स्वास्थ्य मापदण्ड र सरकारको निर्देशन उल्लंघन गर्दै सयौँ कार्यकर्ता सहभागी गराएर जनमत पार्टीले र्याली निकालेको हो ।जनकपुरधामको रामानन्द चोकबाट निस्केको र्यालीले नगर परिक्रमा गरेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले कृषि मन्त्री महेन्द्र राय याद

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई ९१ हजार जरिवाना

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई प्रहरीले कारवाही गरेको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम उनीहरूलाई ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। यस्तै, बिना काम हिँडडुल गर्ने ३ हजार ३ सय २४ जनालाई सम्झाई–बुझाई छाडिएको प्रहरीले बताएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ५१९ जनालाई जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५१९ जनालाई प्रहरीले कारबाही गरको छ। उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई तिब्रता दिएको छ।

लोकप्रियता कमाउने नाममा स्वास्थ्य मापदण्ड उल्लंघन

वैशाख : यतिबेला देशभर कोरोना संक्रमणको दर दिनप्रतिदिन बढिरहेको छ। सरकारले ७७ वटै जिल्लामा निषेधाज्ञा गरेको छ। अत्यावश्यक कामबाहेक कोही कसैलाई घरबाट ननिस्कन निर्देशन दिएको छ।कोरोनाबाट बच्न अनावश्यक भिडभाड नगर्न तथा एक व्यक्तिबाट अर्कोसँग दूरी कायम गर्न भनेको छ।तर, शुक्रबार भीमसेन थापा गाउँपालिका-४ धावा स्वास्थ्य चौकीलाई काठमाडाैंबाट आएका एक टोलीले मापदण्ड उल्लंघन गर्दै स्वास्थ्य सामग्री वितरण गरे। 'सिमपानी न्यूज डटकम' नामक एक समाचार संस्थाका अध्यक्ष विमल भट्ट, कांग्रेस नेता तारा

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ७९३ जनालाई जरिवाना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा प्रहरीले आज ७ सय ९३ जनालाई जरिवाना गरेको छ। संक्रामक रोग ऐन,२०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। निषेधाज्ञा जारी गरिएका स्थानहरुमा मास्क नलगाइ हिड्ने र अनावश्यक काममा हिडडुल गर्न निषेध गरिएको छ। प्रहरीले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न अहिले बिभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४५२ जनालाई जरिवाना

काठमाडौं। स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४५२ जनालाई आज नियन्त्रणमा लिइ जरिवाना गरिएको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरूलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ। सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत भीडभाड नगर्न,अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न प्रहरीले अनुरोध गर्दै अएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने १ हजार २९५ जनालाई जरिवाना

काठमाडौं। स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने १ हजार २९५ जनालाई आज प्रहरीले कारबाही गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न तोकिएको सुरक्षा मापदण्डलाई प्रहरीले दुरुस्त रुपमा कार्यान्वयन गराउँदै आएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४३८ जनालाई जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४३८ जनालाई आज प्रहरीले कारबाही गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अहिले संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गर्न बिभिन्न अभियान चलाएको छ। यसै अभियानअन्तर्गत उनीहरुलाई कारबाही गरिएको हो।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५३५ जनालाई जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५३५ जनालाई नेपाल प्रहरीले कारबाही गरेको छ। उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध गरेको छ।