कोरोना संक्रमणको तेश्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड नगर्न निर्देशन दिएको छ । २५ जनाभन्दा बढी सार्वजनिक स्थलमा भेला हुन सरकारले रोक लगाएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार किसानको नाममा महार्याली आयोजना गरेको छ । स्वास्थ्य मापदण्ड र सरकारको निर्देशन उल्लंघन गर्दै सयौँ कार्यकर्ता सहभागी गराएर जनमत पार्टीले र्याली निकालेको हो ।जनकपुरधामको रामानन्द चोकबाट निस्केको र्यालीले नगर परिक्रमा गरेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले कृषि मन्त्री महेन्द्र राय याद