प्रभु बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच फास्ट बैंकिङ सेवाका लागि सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनका लागि सम्झौता भएको छ । फास्ट बैंकिङ नेपाली बैंकिङ जगत्मा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले ल्याइएको ओम्नी च्यानल सोलुसन हो । सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका छन् । सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय र भरपर्दो सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । साथै बैंकका शाखाहरूमा हुने ग्राहकको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च घटाउन सकिने बैंकले बताएको छ ।

सम्बन्धित सामग्री

प्रभु बैंक र पिजफाइर रेष्टुरेन्टबीच सम्झौता

प्रभु बैंक लिमिटेड र पुतलीसडकको न्यू प्लाजास्थित पिजफाइर रेष्टुरेन्टबीच सम्झौता भएको छ । बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टकातर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र रेष्टुरेन्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीले पिजफाइर […]

प्रभु बैंक र धुलिखेल डेण्टल केयरबीच सम्झौता

प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रा.लि.बीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेण्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समूहका व्यतिmको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउने जनाइएको छ । सम्झौता […]

प्रभु बैंक र वन्डर्स नेपालबीच बैंकिङ कारोबारसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालि बीच बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे र वन्डर्स नेपालका कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने विश्वास गरिएको […]

प्रभु बैंकको पोइन्ट अफ सेल मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन अटोमेटेड टेलर मेसिन (एटीएम) सञ्चालन नभएका शाखा कार्यालयहरुबाट पोइन्ट अफ सेल मेसिनको माध्यमबाट ग्रीन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा […]

प्रभु बैंक र भेटायो इन्कबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

प्रभु बैंक र भेटायो इन्क प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र भेटायो इन्क प्रालिका तर्फबाट सहसंस्थापक अंशु शाक्यद्वारा सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरूले ‘भेटायो’ मोबाइल एप प्रयोग गरी सेवा लिएमा १० प्रतिशत […]

प्रभु बैंक र एनआरएनएबीच सम्झौता

प्रभु बैंक र गैरआवासीय नेपाली संघबीच विदेशी मुद्रामा खाता खोल्ने र अन्य बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरे ।बैंकले ‘मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौं’ नाराका साथ विदेशी मुद्रामा बचत तथा मुद्दति खाता खोल्न सकिने जनाएको छ । बैंकका […]

प्रभु बैंक र स्टार हस्पिटलबीच सम्झौता

प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबै ग्राहकले स्टार हस्पिटलको बेड शुल्क तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट पाउने […]

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका छन् । उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए । उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मङ्सिर १४ मा बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा

प्रभु बैंक र औषधी व्यवसायी संघबीच सम्झौता

प्रभु बैंक र नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशबीच बैंकिङ साझेदारीसम्बन्धी सम्झौता भएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले उक्त कार्यक्रममा औषधि व्यवसायीहरुलाई क्यूआर कोडसमेत वितरण गरेका थिए ।सम्झौतामा बैंकको तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना, नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेका छन् ।