बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका छन् । उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए । उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मङ्सिर १४ मा बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा