द्रुत मार्गमा सुरुङ खन्न सुरु

काठमाडौँ-तराई/मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ । द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको छ।सैनिक प्रवक्ता नारायण सिलवालले सुरुङ मार्गका दुइटै प्याकेजको डिजाइन तथा ड्रइङ स्वीकृत भई साइट क्लियरेन्स र प्रिप्रेसन तथा क्याम्प स्थापना गरी अहिले सुरुङ मार्ग निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन वर्

सम्बन्धित सामग्री

सिद्धबाबामा सुरुङ खन्न सुरु

सिद्धबाबा सुरुङमार्गको मुख्य काम सुरुङ खन्न सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामको थालनी भएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएको हो । सुरुङ निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणपछि दक्षिणतर्फको ढोकाबाट सुरुङ खन्ने कामले गति लिएको आयोजना पक्षले जनाएको छ ।

तीन महिनामा दुई किलोमिटर सुरुङ

सिन्धुली, माघ ६ । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, […]

एक महिनामा ५३८ मिटर सुनकोसी मरिन डाइभर्सन

काठमाडौं, कात्तिक ३० ।  राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई […]

सुनकोसी मरिन डाइभर्सन : एक महिनामा ५३८ मिटर सुरुङ खनियो

राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका-२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टने

सुनकोसी–मरिन डाइभर्सन : १३.३ किमि लामो सुरुङ खन्न सुरु

राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको १३.३ किलोमिटर लामो सुरुङ खन्न सुरु भएको छ । निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले अमेरिकी प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत शुक्रबारदेखि उक्त सुरुङ...

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु

सिन्धुली । राष्ट्रिय गौरवको रुपमा रहेको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीयआयोजनाको टनेल खन्न आजबाट सुरु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारमानिर्माणाधिन सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्नलागेको हो । आजऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीपम्फा भुसाल, सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीयआयोजनाका प्रमुख मित्र बराललगायतले आयोजनास्थलमा जडान भएको टनेल बोरिङ मेसिन (टीबीएम)को अनुगमन तथा […]

सिन्धुलीकाे सुनकोशी मरिण आयोजनाकाे सुरुङ खन्न सुरु

काठमाडौं । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरिएको छ । साेही आयोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन टीबीएमबाट सुरुङ खन्न लागेको हो । आयोजनाबाट मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाई सुविधा पुग्नेछ । आयोजनाबाट ३१.७ मेगावाट बिजुली समेत उत्पादन हुने सिंचाई […]

सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्न सुरु

काठमाडौं : राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माण कार्य सुरु भएको छ। आज विहानदेखि टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएको हो । उर्जा मन्त्री पम्फा भुसालले सुरुङ खन्ने कार्यको अनुगमन तथा निरीक्षण गरेकी थिइन्।  सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ११ अर्ब रुपैयाँमा पाएको छ। कमलामाई नगरपालिका–२, कुसुमटारमा प्लेटफर्म निर्माणको काम पूरा गरेपछि टीबीएम मेसिनमार्फत औपचारिक रूपमा सुरु

सुनकोशी-मरिन डाइभर्सनको सुरुङ पर्सिदेखि ‘टीबीएम’ले खन्ने

शुक्रबार (पर्सि)देखि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न सुरु गर्ने भएको छ ।

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्न सुरु

गलेश्वर–पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम आइतबारदेखि सुरु भएको छ । दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरुङ खन्न सुरु गरिएको हो । नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरुङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ । प्रवासी […]