सिद्धबाबा सुरुङमार्गको मुख्य काम सुरुङ खन्न सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामको थालनी भएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएको हो । सुरुङ निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणपछि दक्षिणतर्फको ढोकाबाट सुरुङ खन्ने कामले गति लिएको आयोजना पक्षले जनाएको छ ।