काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रूपमा मनाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा मेयर चिरिबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रूपमा मनाइने बताएका हुन् ।
उनले महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवर्द्धन गरेर, वडालाई विकासको केन्द्रको रूपमा विकसित गरेर र कार्यसम्पादन...