ललितपुर महानगरले 'सुशासन वर्ष' मनाउने, दमकल किन्नेदेखि वाटर एटीएमसम्मकाे याेजना

ललितपुर – ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई 'सुशासन वर्ष' का रूपमा मनाउने भएको छ । आज बुधवार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रूपमा मनाइने बताउनुभयो । उहाँले सुशासन वर्ष महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्...

सम्बन्धित सामग्री

ललितपुर महानगरले ल्यायो २५ तलासम्म आगो निभाउन सक्ने दमकल

ललितपुर महानगरपालिकाले २५ तलासम्म अगो निभाउन सक्ने दुईवटा नयाँ दकमल ल्याएको छ । पाँच पाँच करोड ६५ लाख रुपैयाँमा इजुसी कम्पनीबाट खरिद गरिएका यी अत्याधुनिक प्रविधियुक्त दमकलको उद्घाटन महानगरका मेयर चिरिबाबु...

ललितपुर महानगरले ल्यायो अत्याधुनिक दमकल (भिडिओ)

काठमाडौं । ललितपुर महानगरपालिकाले दुईवटा अत्याधुनिक दमकल भित्र्याएको छ । महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरे । महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताए । नयाँ दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पुर्याउने उनले बताए । पानीले […]

चल्न थाल्यो १०६ वर्ष पुरानो दमकल

३८ वर्षदेखि थन्किएको दमकल मर्मत, ‘सात तलामाथिसम्म फाल्न सक्छ पानी’ ललितपुर महानगरपालिकाले ०४२ देखि बिग्रिएर थन्किएको १०६ वर्ष पुरानो दमकल मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको छ । शनिबार पुल्चोकमा उक्त दमकलको परीक्षण...

दुईवटा दमकल किन्दै ललितपुर महानगर

आगलागी नियन्त्रण र यसको क्षति न्यूनीकरण गर्न ललितपुर महानगरपालिकाले थप दुईवटा दमकल किन्ने भएको छ । आगलागी नियन्त्रणमा महानगरसँग हाल भएका दुईवटा दमकल र दुईवटा पानीट्यांकर अपुग भएपछि थप दमकल किन्ने...

अग्नि नियन्त्रणमा प्रयोग हुने सातवटा फायर बाइक कामै नलाग्ने गरी थन्किए

आगलागी भइहाले काठमाडौं, ललितपुर र भक्तपुरमा दमकल पनि पुग्दो संख्यामा छैनन् आगलागी तथा विपत्जन्य जोखिमका वेला उपयोगी मानिएको मोटरसाइकल दमकल (फायर बाइक) मर्मतसम्भार नगर्दा बिग्रिएर थन्किएका छन् । ०६९ मा बजाज कम्पनीले...

भृकुटीभण्डपमा लागेको आगो यसरी निभाइयो (फोटो फिचर)

२९ असार, काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको […]

काठमाडौंको भृकुटीमण्डपमा आगलागी

२९ असार, काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । […]

मापदण्ड विपरितका ट्रस हटाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले महानगरको मापदण्ड विपरित घरभन्दा बाहिर राखिएका ट्रस, सेड (पाली) हटाउन थालेको छ । बुधबारबाट ३ दिनको समय दिएर फुटपाथ ढाक्नेगरी राखिएका पालि हटाउन निर्देशन दिइएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए ।नगर प्रहरीले बुधवार कुपण्डोलदेखि पुल्चोक दमकल मोड सम्मका १३८ वटा पसललाई ३ दिनभित्र ट्रस हटाउन लिखित पत्र दिएको छ । १९ वटा पसलका पालि नगर प्रहरीले हटाएको छ । अधिकांश पालि घरधनीले नभई पसल सञ्चालकहरूले राखेको भेटिएको हाछेथुले बताए ।घाम र पानी छे

ललितपुर नगर प्रहरी चौबीसै घण्टा परिचालन

काठमाण्डाै – ललितपुर महानगरपालिकाको नगर प्रहरी अब चौबीसै घण्टा परिचालन हुने भएको छ । यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी हुँदै आएकोमा अबदेखि चौबीसै घण्टा खटिने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो । नगर प्रहरीले ०१–५९०९७७७ नम्बरको हटलाइन सेवा पनि सुरु गरेको छ । यो नम्बरमा सूचना प्राप्त भएको १५ मिनेटमा ठाउँमै पुग्नेगरी संरचना तयार गरिएको हाछेथुको दाबी छ । पुल्चोकमा रहेको दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा...

ललितपुर नगर प्रहरी अब चौबीसै घण्टा परिचालित

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई अब चौबीसै घण्टा परिचालन गर्न थालेको छ ।  २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो । स्थापनाको २३ वर्षपछि मंगलबारबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । नगर प्रहरीले हटलाइन सेवा पनि शुरु गरेको छ । पुल्चोकस्थित दमकल मोडमा रहेको कार्यालयमा कन्ट्रोल रुप खडा गरेर ०१–५९०९७७७ नम्बरको हटलाइन नम्बर शुरु गरिएको छ । सो नम्बरमा सूचना आएको १५