टिप्ताला नाका भदौदेखि खुल्ने

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोलास्थित टिप्ताला नाका भदौ २४ गतेदेखि खुल्ने भएको छ । कोभिड-१९ महामारीसँगै बन्द भएको नेपाल-चीन नाका करिब चार वर्षपछि खुल्ने भएको हो ।

सम्बन्धित सामग्री

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ। टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि सीमा प्रवेशपत्र वितरण गरिएको हो।  गत साता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको नेतृत्वमा...

टिप्ताला नाका खुल्ने भएपछि कोसेलीपातको चटारो

माइती जाने आशामा फुरुङ्ग देखिएकी फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाकी मिङमा शेर्पा यतिबेला कोसेली तयार पार्ने चटारोमा छिन् । उनको यो तयारी नजिकिँदो तीजका लागि भने होइन । कोरोनाकालपछि टिप्ताला भन्ज्याङ नाका बन्द हुँदा चीनको सीमावर्ती गाउँ रिउ पुग्ने उनको माइती बाटो चार वर्षदेखि बन्द छ ।

टिप्ताला नाका भदौदेखि खुल्ने

काठमाडौंमा रहेका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङले शनिबार दिउँसो गाउँमा फोन गरेर भदौ चौथो सातादेखि टिप्ताला भन्ज्याङ नाका खुल्ने खबर दिए । गाउँलेलाई यसले उत्साही बनायो । कोरोना संक्रमण कम भएपछि स्थानीयको पहिलो चाहना नाका खुलोस् भन्ने थियो । गाउँमा पुग्ने जनप्रतिनिधि, प्रशासन, पत्रकारलगायतलाई उनीहरू नाका खोल्न पहलका लागि अनुरोध गर्थे ।