टिप्ताला नाका खुल्ने भएपछि कोसेलीपातको चटारो

माइती जाने आशामा फुरुङ्ग देखिएकी फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाकी मिङमा शेर्पा यतिबेला कोसेली तयार पार्ने चटारोमा छिन् । उनको यो तयारी नजिकिँदो तीजका लागि भने होइन । कोरोनाकालपछि टिप्ताला भन्ज्याङ नाका बन्द हुँदा चीनको सीमावर्ती गाउँ रिउ पुग्ने उनको माइती बाटो चार वर्षदेखि बन्द छ ।