काठमाडौंमा रहेका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङले शनिबार दिउँसो गाउँमा फोन गरेर भदौ चौथो सातादेखि टिप्ताला भन्ज्याङ नाका खुल्ने खबर दिए । गाउँलेलाई यसले उत्साही बनायो । कोरोना संक्रमण कम भएपछि स्थानीयको पहिलो चाहना नाका खुलोस् भन्ने थियो । गाउँमा पुग्ने जनप्रतिनिधि, प्रशासन, पत्रकारलगायतलाई उनीहरू नाका खोल्न पहलका लागि अनुरोध गर्थे ।