कांग्रेस महाधिवेशनः सभापतिको मतगणना ३ ठाउँमा धमाधम हुँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना शुरू भएको छ । सभापति पदका मतपत्र खसालिएका ३ वटा ट्याङ्की खोलेर मतगणना धमाधम भइरहेको निर्वाचन समितिले जनाएको छ । मतगणना मंगलवार बिहान पौने ४ बजेदेखि शुरू भएको हो । ३ ठाउँबाट धमाधम मतगणना गरेर छिट्टै परिणाम सार्वजनिक गर्ने र दोस्रो चरणको मतदानमा जानुपर्ने भएमा मंगलवारै मतदान गराउने तयारी निर्वाचन समितिले गरेको स्रोतले जनाएको छ । मंगलवार राति २ बजेदेखि नै मतगणना शुरू गर्ने भनिए पनि ढिला गरी शुरू भएको हो ।  महाधिवेशनस्थल भृकुटीमण्डप र रा...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना केहीबेरमै, महामन्त्रीको भोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिको मत गणना आजै शुरु हुने भएको छ। कांग्रेको केन्द्रीय निर्वाचन समितिको सदस्य सीताराम केसीले उपसभापतिको १ घण्टापछि र महामन्त्रीको भोेलिदेखि मत गणना शुरु हुने जानकारी दिए । सभापतिको मत परिणाम भने आइसकेको छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।

कांग्रेस महाधिवेशनः अब सबैको ध्यान महामन्त्रीको मतगणनामा

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधवारबाट शुरू हुँदैछ । सभापतिका लागि मंगलवार भएको मतगणनाको नजिता मध्यरातमा सकिएलगत्तै अब पदाधिकारीको मतगणना शुरू हुन लागेको हो ।  पदाधिकारीमध्ये पनि महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ । महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र सह–महामन्त्री डा. प्रकाशशरण महत प्रतिस्पर्धामा छन् । सभापतिको पहिलो राउन्डबाट बाहिरिएका विमलेन्द्र निध...

कांग्रेस महाधिवेशनः सभापतिबाहेकको मतगणना बिहीबारबाट

काठमाडौँ– नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ। कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ। त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुनेछ। निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो।

कांग्रेस महाधिवेशनः सभापतिको मत गन्न सुरु गरियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति तर्फको मतगणना सुरु भएको छ । पूर्व निर्धारित समयमा मतदान नसकिएपछि तेस्रो पटक सोमबार राति ११ः३० बजे सम्मका लागि मतदान समय निर्धारण गरिएको थियो ।