कांग्रेसप्रति लक्षित गर्दै माओवादीले भन्यो- कुनै घटकले एमसीसी अघि बढाए गठबन्धन तोडियो भन्ने हुन्छ

माओवादी प्रमुख सचेतक देव गुरुङले भने, ‘गठबन्धनको निर्णयबिना सरकार वा कुनै घटकले अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट स्वत: अलग हुने कुरा हो ।’ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीलाई आफूहरूले नाफाघाटाको रूपमा नहेर्ने हिजोको संसदीय दल बैठकमा प्रष्ट्याइसकेका छन् ।