काठमाडौं : काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सोमबार बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थाल्ने बताएका हुन्।क्षेत्र नं. १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए। यो निर्वाचन क्षेत्रको मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा गरिँदैछ। यस्तै क्षेत्र नं. २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं. ३ को गोकर्णेश्