काठमाण्डौ – काठमाण्डौ जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये आज कुनै पनि क्षेत्रको मतगणना सुरु नहुने भएको छ । यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाण्डौसहित सुगम ठाउँको मतगणना आजै सुरु हुने दाबी गर्नुभएको थियो । उहाँले ८ गतेभित्र प्रत्यक्षतर्फका सबै मतगणना सम्पन्न गरेर परिणाम सार्वजनिक गर्ने पनि बताउनुभएको छ ।
तर संघीय राजधानी काठमाण्डौका १० वटै क्षेत्रमा आज मतगणना नहुने पक्का भएको छ । काठमाण्डौका केही निर्वाचन क्षेत्रमा अझै सबै मतपत्र निर्वाचन अधिकृतले बुझिसकेका छैनन् । काठमाण्डौको क्षेत्र नम्बर एकदेखि १०...