व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी दिइएका व्यक्तिलाई पक्राउ गर्नका लागि जिल्लाका निजी क्षेत्रहरूले दबाबस्वरूप शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवनसहितका निजी क्षेत्रको अगुवाइमा बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि दबाबमूलक धर्ना कार्यक्रम गरिएको हो । मङ्गलबार साँझ आफ्नै कार्यालयमा आत्महत्या गरेको अवस्थामा …